दफा ८
उत्पादन अनुज्ञापत्र लिनु पर्ने
(१) दफा ७ बमोजिम विभागको सिफारिस लिई,औषधि उद्योगको स्थापना गरिसकेपछि औषधि उत्पादन गर्नुभन्दा अघि औषधि उत्पादन गर्ने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिए बमोजिम विभागबाट उत्पादन नुज्ञापत्र (प्रोडक्ट लाइसेन्स) लिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अगावै स्थापना भइसकेका औषधि उद्योगले पनि तोकिएको दस्तुर तिरी उपदफा (१) बमोजिम उत्पादन अनुज्ञापत्र लिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अगावै स्थापना भइसकेका औषधि उद्योगले पनि तोकिएको दस्तुर तिरी उपदफा (१) बमोजिम उत्पादन अनुज्ञापत्र लिनु पर्नेछ ।